–शिव अधिकारी
नेपालको इतिहासले यो देशको सुनौला पक्षहरुको बारेमा धेरै लामो जानकारी गराई रहेको छ छतापनि यहाँका साशकको निरंकुश प्रबृति र व्यवहारले यो देशले ठूला ठूला संकटहरु पनि बेहोर्नु परेको कुरा पनि टाढा छैन । यो देशमा परापूर्वकाल देखि सत्ता छिना झट्टी हुँदै आयो । यसै क्रममा यो देशलाइ विश्व समूदायमा परिचित गराउने व्यक्तित्वको योगदानले ठूलो महत्व राखेको छ । विश्वलाई नै नयाँ जागरण सहितको शान्ति सन्देश दिने गौतम बुद्धको जन्म नेपालकै माटोमा भएको हुनु र उनको जागरण अभियानले विश्व समुदायलाई तरंगित बनाउन सक्नुलार्ई पनि हामीले गर्व गर्ने ठाउँ रहेको छ ।
लुम्विनिमा इशापुर्व ५६३ मा जन्मिएका गौतम बुद्धले आफ्नो राजकीय सशन सत्ता र सोख सयल सबै त्यागेर सर्ब समानताको लागि आफूलाई समर्पित गरेको कुरा कति मार्मिक छ भन्ने कुरा जान्न निकै गम्भिर हुनु पर्छ । त्यस्तै लिच्छवीकालमा भृकृटीले आफू समर्पित भएर विरानु परिवारमा विवाह वन्धनमा बाँधिन पुग्नु । त्यहाँ गएर पनि नेपालको सांस्कृतिक पहिचान र्दिएको कुरालाई क्रान्तिकारी कदम भन्दा केही गल्ती हुँदैन ।
अरनिकोले चिनमा गएर स्वेत स्तुप बनाउने देखि लिएर कुवलाखाँको दर्बार देखि चिनीय जनतासम्म कमाएको ख्याति कम महत्वको छ भन्न मिल्छ र ? यस्तै भिम मल्लले त्यस बखतम देशकोे हितको लागि तिब्बत संग गरेको सम्वन्ध विस्तारको बदलामा उनलाई मृत्यको मुुखमा हालिदिने साशकलाई के भन्ने ? त्यस्तै पृथ्वी नारायण शाह पछि बहादुर शाहको कुशलताले आज्र्याको यो देशको संरक्षणको आधार बनाउन नेपालका जनताले गरेको वलिदानी संघर्षको मार्मिक इतिहासले नै यो देशका जनता राष्ट्र राष्ट्रियता र जनपक्षीय साशन व्यवस्थाको निमित्त कतिको समर्पित छन भन्ने कुरा स्पष्ट हुनपुग्छ । यद्यपी भिम मल्लको साथै बहादुर शाह जस्ता देशप्रेमीहरुको मान मर्दन गर्ने साशक प्रबृति बिरुद्ध कुनै कुनै कोणबाट उठेको क्रान्तिकारी संग्रामको आमन्त्रणमा नेपाली समाको तिब्र प्रतिक्षामा थियो ।
शाहकाल संगै जोडिएर आएको राणा साशन त्यतिकै एकतन्त्रिय निरंकुश थियो । आखिर यी सबै प्रबृतिको बिरुद्ध जनताको उकुस मुकुस भारत प्रवासी विश्वेश्वर, सुवर्ण, मनमोहन, पुस्पलाल, नरहरीनाथ जस्ता विभिन्न चरित्रका व्यक्तित्वमा छरिन पुगेको थियो । परिणाम स्वरुप नेपाली कांग्रेश, नेपाल कम्यूनिष्ट पार्टीको स्थापना भएको कुरा नेपालको राजनीतिक इतिहासमा पढ््न मात्र होईन अहिले यिनै नामबाट उपस्ति शक्तिहरुको सामाजिक बर्चस्व समाजले बेहोरी रहेकै छ । यसै विच २०१७ सालको पञ्चायती व्यवस्था २०४६ सालमा आएर अन्तहुनपुगेको हो । पञ्चायत व्यवस्थाको ठाउँ संसदीय व्यवस्थाले लिन पुगे पछि साँच्चै सरकार जनपक्षीय हुन्छ भन्ने जनसोचमाथि फेरी कुठाराघात हुनपुग्यो । यसै क्रममा कम्यूनिष्ट नेता मदन भण्डारी र जीवराज आश्रितको हत्या हुनु, दुभाग्यपूर्ण घटना पनि नेपाली समाजले बेहोर्नु परेको हो । यतिमात्र नभएर जनयुद्धको क्रममा होनाहार व्यक्तित्वको हत्या भयो । यसैक्रममा शान्ति कायम गर्ने उदेश्यले वार्ताको बाटो लिदै युद्ध विराम गराउने तत्काािलन राजा विरेन्द्रको प्रयाशलाई २०५८ साल जेष्ठ १९ गतेको दरवार हत्या काण्डले समाप्त पार्न पुगेको हो ।
संसदीय व्यवस्थापछि पनि सरकार निरंकुश हुने मात्र होईन स्थापित संरचना समेत बेच विखन गरेर संपत्ति थुपार्ने तर्फ अग्रसर हुनु र उदारी करण, नीजिकरण, बजार अर्थव्यवस्थाको नाममा राष्ट्रको सम्पत्ति दुरुपयोग गर्ने र विनास गर्ने जस्ता क्रुरताको विरुद्ध जब बाबुराम भट्टराईले ४० बूँदे मागपत्र सरकारले नसुनेपछि २०५२ साल फागुन १ गते देखि सरकारको बिरुद्ध जनयुद्धको घोषण गरि प्रचण्डको नेतृत्वमा देशमा नयाँ राजनीतिक जागरण शुरु भएको हो । .हो जनयुद्धमा नोक्सान भयो, सरकारको तर्फबाट निर्दोष मानिस मारिए, जनयुद्धकारीको तर्फबाट पनि केही मारिएका हुन .। यो उनिहरुको आईलाग्ने लार्ई जाई लाग्नेबाटोबाट सिर्जित घटना मात्र हो ।
शुरुमै यो जनयुद्ध हुन नदिन ४० बुँदे माग प्रति सरकार सकारात्मक भएको भए जनयुद्ध हुने थिएन ।.यसर्थ जनयुद्धकालका घटनाको जिम्मेवार प्रचण्डलाई बनाएर तत्कालिन अवस्थाको सरकार चोखो बन्न मिल्छ ? जनताले पनि बुझ्नु पर्ने कुरा चै सरकारको निरंकुशताको कारण त्यत्रो धनजनको क्षती भएको हो । यसमा सरकार दोषी हो । प्रचण्डलाई दोष लगाउनु निरर्थक हुन्छ । यसैले सरकार जिम्मेवार भएको भए धनजनको क्षति हुने थिएन .। समाजमा घटेका र घट्न सक्ने सबै खाले घटना दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनु पर्छ . सरकार निरंकुश हुनुको कारण १७ हजार भन्दा बढि होनाहार जनशक्ति देशले गुमाउनु प¥यो .। यद्यपी यो हत्या र नोक्सानीको जिम्मेवार माओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई नै बनाउने प्रयाश अझपनि भैराखेको छ
यसर्थ त्यस बेलाको सरकार कति सम्म निरंकुश र निर्विवेकी थियो भन्ने कुरा त्यसबेला म माथि सरकारले गरेको व्यवहारबाट समेत स्पष्ट हुन्छ .। जनयुद्धको शुरुकै समयमा अथवा २०५२ फागुनमा म कृषि विकास बैंकको भक्तपुर शाखाको प्रबन्धकको रुपमा कार्यरत थिएँ । कार्यालय प्रमुख भएको नाताले तत्कालिन त्यहाँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सुरक्षा कमिटी बनेको थियो म त्यसको सदस्य पनि थिएँ । यसरी काम गरिरहेको अवस्थामा मेरो डेरा अनाम नगरमा थियो .। सोही डेरामा सशस्त्र प्रहरीको ठूलो जत्थ्था सहित झण्डै १५०० भन्दा बढिको सुरक्षा फौजले सोही फागुन २९ गते म बसेको डेरा घेराउ गरेको रहेछ ।. राति १ बजे तिर मेरो कोठा ढक्ढक्याउन थाले पछि मैले ढोका खोलेको मात्र थिएँ .। एउटाले सोधे यो शिव अधिकारी हो .? मैले हो भने .। त्यसपछि ४ , ५ जना प्रहरी सानो कोठा भित्र पसे ।.त्यतिवेला वालबच्चा सहित भएको कोठा करिव आतंकित भएको थियो .। साना ४,५ बर्षका बच्चा र श्रीमती सहित डराउने र रुनु स्वाभाविकै थियो .।
जनयुद्ध दिवस फागुन १ को अवसरम जनयुद्धमा शहिद भएकाहरुलाई ससम्मान श्रद्धाञ्जली, घाईतेहरुलाई सिघ्र स्वस्थ्यलाभ र जनयुद्धमा समाहित युवालाई ससम्मान रोजगारीको व्यवस्था गरि देशलाई सर्बाधिक धनि बनाउन शुभकामना
यतिकैमा उनिहरुले भने तपाईलाई हामी एरेष्ट गर्न आएको हिड्नुस ।. मैले भने बिना कुनै कसुर राति आएर अपहरण शैलीमा पक्राउ गर्न मिल्छ ? . म कृषि विकास बैंक भक्तपुरको प्रवन्धक हुँ .। मेरो जिम्मामा झण्डै ४ अरबको सरकारी सम्पत्ति छ ।.फेरी आज २९ गते मलाई पक्राउ गर्दै हुनुहुन्छ ।. झण्डै ३० जना जति कर्मचारीलाई तलब खुवाउनुपर्छ ।.फेरी म भक्तपुरको कार्यालय प्रमुख भएकोले आजै सुरक्षा समितिको बैठकबाट आएको हुँ ।. तपाई के सम्झेर मलाई पक्राउ गर्दै हुनुहुन्छ ? पक्राउनै गर्ने भए पनि पक्राउ पूर्जि दिनोस ।.नभए तपाईहरु जानुस । भोली तपाईले भनेको ठाउँमा आउँछु .। तपाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीलाई पनि सोध्नुस । मैले झुठ कुरा गरेको भए कारबाही गर्ने निहु पनि बन्छ ।.फेरी तपाईहरु सिभिल डे«समा हुनुहुन्छ .। मैले तपाईहरुलाई को भनेर चिन्ने ?
यसरी बाद विवाद हुँदा हुँदै एकजनाले बर्दीधारी इन्स्पेक्टरलाई बोलाए ।. इन्स्पेक्टर साहेव आउनुस भन्ने वित्तिकै इन्स्पेक्टरले वोलाउनेलाई सालाम साहेव भन्दै बर्दी सहित कोठामा पसे.। त्यतिकैमा एकजना भन्दै थिए तपाईलाई खोज्न हामी ४ दिन देखि अनिदो छौँ .। हामीलाई दुःख दिने ? भनेर उल्टै धम्क्याउन थाले .। त्यसपछि कोठाको ¥याकमा भएको खान तलासी शुरु भयो ।. मैले हेर्नु वाहेक केही वोल्ने कुरा भएन ।.श्रीमती र साना वाल वालिका भने रोइरहेका थिए .। त्यतिकैमा उनिहरुले के के लगे थाहा भएन ।. एक जनाले ल हिड्नुस भनेर हात समातेर ताने ।. म त्यो घरको माथिल्लो तलामा बस्र्थे ।. तल ओर्लने वित्तिकै झण्डै १० जना जतिको सशस्त्र प्रहरीले घेरा हाले ।. भन्दै थिए ओड्ने ओछ्याउने समेत बोक्नु पर्छ ।. मैले भने मलाई डि.आइ.जि. अथवा आई.जि. कस्लाई सकिन्छ भेटाउनुस .। मलाई आज अफिस नगै हुँदैन .। आफैले मिटिङ् बोलाएको छु ।
एकजनाले भनिरहेको थियो वा आई.जि. भेट गर्ने कति ठूला कुरा गर्न जानेका यिनीहरुले ।.यसै भन्दै मलाई लगेर रातो प्लेट वाला सेतो भ्यानमा राखे । हतियार धारि सहित मलाई घेरा हाल्ने टन्नै थिए .। गाडी अगाडी बढ्ने क्रममा जालीवाला भ्यान बत्ति वाल्दै अगाडी गैरहेको देखेँ .। पछाडी पनि त्यस्तै भ्यान रहेछ .। प्रहरीहरुको लागि सडकमा ठूला ठूला ट्रक राखेको पाँए .। सबै ट्रकमा चडेपछि गाडी गुडीरह्यो । त्यो गाडी गुडिरहँदा कहा लान लागेको समेत अनुमान गर्न गारो हुने गरि यता र उता बाटो फरक गर्दै गाडी गुडेको थियो .। आखिर डेड घण्टाजति गाडी गुड्दै गर्दा मलाई ओर्लन भने ।.ओर्लेर प्रहरीकै घेराउमा एउटा ठूलो टेनिस हल जतिकै फराकिलो टिनले छापेको हलमा लगेर राखे .। त्यतिखेर त्यो हलमा म मात्रै थिए .। पुलिसहरु मलाई त्यहि छाडेर कहिले वाहिर जाने कहिले डरलाग्दो हल्ला गर्ने .गर्थे । त्यो हलको अगाडी ठूलो फौज हिडाउने .कसैले आएर आज त ४ जनालाई सुताई यो ।.यसो हानेको त ठहरै भन्ने पनि गर्थे .। एउटालाई त सशस्त्रबाटै लगेको निकै बलियो रहेछ दुई गोली हान्नु परेको थियो । त्यसलाई ढाल्न पनि भनेर सुनाउथे ।.यतिकैमा यिनीहरुको कुरा सुन्दै राति अनिन्द्रा बसिरँहे ।. विहान १० बजे तिर एकथाल भात ल्याएर दिए खानै प¥यो खाँए ।.
खाना खाईसके पछि सायद डि.एस.पी.हरु हुनुपर्छ ५, ६ जना आएर मलाई केरकार गर्न थाले ।. मैले सामान्य जागिरे भएको कुरामात्र गरिरहेँ ।.म पक्राउ परेको कुरा विभिन्न पत्रिकामा समाचार बनेछ .। माओवादी बैंक मेनेजर पक्राउ । अथवा यस्तै केके थियो भन्थे ।.यो थाहा पाउने वित्तिकै म कृषि विकास बैंक कर्मचारी संघको सचिव थिएँ शुरुमा .। त्यस्तै अन्तर संस्थान कर्मचारी संघको उपाध्यक्ष पनि थिएँ .। यसैले मेरो पक्राउको विरुद्धमा कृषि विकास बैंक, वाणिज्य बैंक र नेपाल बैंक लगायत संस्थाहरुका संगठनहरुले हडतालमा उत्रने घोषणा गरेछन ।. तत्कालिन अर्थमन्त्रि रामशरण महतकहा गएर रिहाईको माग बुझाएछन ।.तर रामशरणले म केही गर्न सक्दिन भने पछि कर्मचारीहरु क्रुद्ध भएको सुनियो । .कर्मचारीहरुबाट मेरो रिहाईको लागि पहल भैरहेको थियो .।
दोश्रो दिन राति १ बजे तिरै प्रहरीहरु आएर म सुतिरहेको अवस्थामा तपाई उठ्नोस भने ।. मलाई चार पाँच जनाले सोधे ।. तपाई क कस्लाई चिन्नु हुन्छ ? मैले भने तपाईहरुले बाबुरामलाई चिनेको छ कि छैन भन्ने सोच्नु भएको छ भने बाबुरामलाई राम्ररी चिन्छु .। मैले वहालाई पुसमा भेटेको पनि थिए .। वहाले पनि मलाई चिन्नु हुन्छ ।. भेट्नु भए सोध्नु होला ।. तर तपाईहरु म माथि नै यत्रो दलवल सहित खोजिमा आउनु पर्छ भने अब माओवादीको तयारी दरै हुनुपर्छ .। उनिहरुसंग तपाईहरुको केही लाग्दैन .भनेछु ।. यो सुन्ने
वित्तिकै उनिहरु अलि आक्रोसितभएको पाएँ । .फेरी उनिहरुले सोधे अरु ककस्लाई चिनेको छ भन्दा मैले गिरिजा, मनमोहन, रामशरण, माधव नेपाल आदि नाम लिए .। त्यसपछि एकजनाले सोध्यो तपाई कर्मचारी संगठनमा पनि हो ?.मैले भने हो ।. मैले नै पहल गरेको कर्मचारी संगठन शुरु गर्न .। यतिकैमा ए त्यसोभए जौँ भन्यो एकजनाले . ।
मलाई उठाएर लैजान खोजिरहेको प्रहरीहरुलाई भन्दै थिएँ । . यो राती तिमीहरुले मार्न कतै त लैजान खोजेको होईन . कि के हो ? म अहिले सुतिहाले .। छोड्ने हो भने भोली विहान जान्छु भन्दा भन्दै मलाई तानेर भ्यानमा राखे .। मैले सोचे मारित हाल्दैनन कि ?. आखिर उनिहरुले मलाई अनाम नगरको पुलिस चौकीमा ल्याएर छोडे । त्यतिवेला झण्डै रातको २ बजेको थियो । . मैले भने मलाई डेरामा छाडि दिनुस .। तर मलाई छोडेर उनिहरु गएपछि अनामनगर प्रहरीले तपाई घर जाने भए घरबाट कोही वोलाउनुस । अनि हामी बुझाई दिन्छौँ .घरमा फोन थियो .। त्यहीबाट श्रीमतिलाई फोन गरे उनि आएपछि उनलाई कगज गराएर बुझिलिएँ भनेपछि म मुक्त भएको हुँ .। जनयुद्धको समयमा एउटा कर्मचारीको प्डिा यस्तो छ भने जनयुद्धमै होमिएका योद्धाको जीवन कति कष्टकर थियो होला ? उनिहरुलाई सुरक्षा फौजले भेटेपछि कति यातना दियो होला । यो अकल्पनीय नै छ ।
यसैले जनयुद्धमा बन्दुक नबोके पनि शुरु देखिनै सहभागी भएको छु भन्दा गर्व लाग्छ । .हुनपनि जनयुद्धले नै अहिलेको परिवर्तन ल्याएको हो .। यसले गर्दा रवि जस्ता आप्रवासी पनि उपप्रधानन्त्रि बनेर गृह मन्त्रालयको कार्यभारको जिम्मा पाए । देशभरका दलित जनजाती महिला सबैले उच्च तहमा पुगेर काम गर्ने मौका पाए ।. जनयुद्धकै परिणाम मधेशका रामवरण यादव, विद्या भण्डारी पनि राष्ट्रपति भए .। यो ठूलो उपलब्धी थियो तर आर्थिक विकासको क्षेत्रमा खासै परिवर्तन हुन सकेन । यद्यपी गणतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्रि हुनुभएका माओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले नयाँ युगको पदचाप भन्ने पुस्तकमा लेख्नु भएको छ “हाम्रो प्यारो देश नेपाललाई बाह्य रुपमा विविधखाले अर्ध–औपनिवेशिक र नव –औपनिवेशिक उत्पीडन र आन्तरिक रुपमा सामन्ती राजतन्त्रात्मक शोषण उत्पीडनबाट मुक्त गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अमूल्य योगदान गर्नुहुने महान् जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका सम्पूर्ण सहिदहरु, बेपत्ता पारिएकाहरु र घाईते योद्धाहरुलार्ई ै ” उच्च सम्मान गर्दै सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सोही पुस्तकमा गणतन्त्रको स्थापनालाई एकात्मक साशनको अन्त्य गरि संघात्मक ढाचामा पुनस्पापित गरि देशमा युगान्तकारी परिवर्तन भएको र यसबाट विभिन्न जात, जाती, क्षेत्र, लिंग, र समुदायले राज्य र समाजका सबै अंगहरुमा समानुपातिक समावेशी हिस्सेदारको हक प्राप्त गरेका छन समेत भन्नुभएको छ । यो वहाको देशलाई सामन्ति अर्ध औपनिवेशिक सोचबाट माथि उठाएर आर्थिक विकास गर्ने नयाँ संकल्प थियो भन्ने लाग्छ । . अहिले माओवादीका अध्यक्ष रहेका काम्रेड पुस्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको छ .। यतिखेर हाम्रो आग्रह हो देशको आर्थिक अवस्था सुधार गर्ने काम गरौँ ।. तर त्यो काम भैरहेको पाईएको छैन .। ीकन हो हाम्रो विकास प्रतिको तिब्र चाहना र यस सम्वन्धि प्रश्नहरु नाजवाफ आलै छन ।. यद्यपी मैले भनिरहेको छु निम्न अनुसारका कार्यक्रम ल्याए देश बन्छ र यो देशको आर्थिक अवस्थालाई अभूतपूर्व उन्नत बनाउनु सकिन्छ । यसको लागि निम्न अनुसारका कार्यक्र संचालन गरौँ :
1 नमूना गाउँ विकास कार्यक्रम
2 उद्यमशीलता विकास कार्यक्रम
3 तराई विशेष सामाजिक सुरक्षा तथा विकास कार्यक्रम
4 पुन निर्माण तथा पूर्वाधार विकास बैंक स्थापना
5 सहकारीमा आधारित सहभागितात्मक आर्थि विकास कार्यक्रम
6 गाउँ सहर विकास तथा सामाजिक सुरक्षा कार्यक्रम
7 गाउँ पालिका र गाउँ केन्द्रमा अत्यावस्यक सामान आपुर्ति केन्द्र वा बजार स्थापना गरि कृषकले उत्पादन गरेका सामान खरिद गर्ने र उनिहरुलाई आवश्यक सामान उपलब्ध गराउने
8 सहभागितात्मक अवकास पेन्सन कार्यक्रम
9 शिक्षा स्वास्थ्य कोष स्थापना गरि सहकारीको माध्यमबाट शिक्षा स्वास्थ्य निःशुल्क कार्यक्रम
यति कुरा गर्न जोड गरिरहँदा पनि काम नभैरहँदा चै आफुलाई अलि मिठो लागिरहेको छैन । यद्यपी काम्रेड प्रचण्ड साच्चै देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन लागि पर्नुृ भएको छ । किनभने वहाले आफ्नो जीवन काल भरि क्रान्तिकारी मोर्चामा उभ्याउनु भयो । कुनै जागिरमा लागेको भए सरकारी उच्च ओहदामा पुग्न सक्ने कृषि प्राविधिक व्यक्तित्व गौतम बुद्धले दरवार छोडेर वनवास गए झै देशलाई सम्बृृद्ध बनाउन र जनतालाई सबै खाले शोषण दमनबाट मुक्त राख्न जनयुद्ध जस्तो कठोर अवस्थामा आफूलाई होम्नु भएको छ । यो गौतम बुद्धले दरवार र शोष सयल छोडेर जंगल पसेजतिकै त्याग र वलिदानी संघर्ष हो । यस अवस्थामा जनयुद्धको कमाण्डर जस्तो व्यक्तित्व जस्ले कहिल्यै हारेन आफू मात्र जितेन आफ्नो कट्र विरोधी टाउकाको मोल तोक्ने देउवा लगायतलाई समेत मुक्तिको स्वास फेर्न सक्ने बनायो । यस्तो व्यक्तित्वलाई विश्व शन्तिको अभियानमा अगूवा बनाउने र शान्ति संम्मान दिएमा उनको समर्पणको संम्मान हुन्छ । यसर्थ अहिले सरकार चलिरहेको अवस्थामा देशव्यापी आर्थिक सम्पन्नताको कार्यक्रम ल्याएर नेपाललाई छिमेकमा छट्पटाई रहेको अवस्थालाई समेत बुझेर विशाल नेपाल बनाउने पहल वहाबाटै हुन्छ र त्यो सफलता नजिक छ भन्ने विश्वास लिन सकिन्छ । अहिले जनयुद्ध दिवशको शुभकामना र घाइते र वेपत्ता परिवार प्रति सम्मानका साथै जनयुद्धका शहिद प्रति श्रद्धाञ्जली ।
धन्यवाद
-शिव अधिकारी
बाबाधाम कोटेश्वर काठमाण्डौ