नयाँ बसपार्कमा लोत्सेका महाप्रवन्धक सुनिल कुँवरले गुण्डागर्दी मच्चाएर ब्रम्हलुट गरिरहेको मजदुरहको दावी

नयाँ बसपार्कमा लोत्सेका महाप्रवन्धक सुनिल कुँवरले गुण्डागर्दी मच्चाएर ब्रम्हलुट गरिरहेको मजदुरहको दावी

  • मङ्लबार, फाल्गुन २, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

फागुण २ काठमाण्डौँ । हिजो दिनभर नयाँ बसपार्क क्षेत्र तनावग्रस्त हुनुमा लोत्सेका महाप्रवन्धक सुनिल कुँवरको गुण्डागर्दी भएको भन्दै मजदुरहरुले आक्रोश पोखेका छन् ।

मन्त्रालयमा भएको वार्तामा मजदुर प्रतिनिधिहरुले कुँवरले गुण्डागर्दी गरेर आर्थिक क्षेत्रमा लुट मच्चाउने र मजदुरमाथि ज्यादती गर्ने गरेकाले कुँवरलाई कार्बाही गर्न माग गरेका थिए ।

हिजो लोत्से मलमा लुटपाटमा पनि कुँवरकै समुहका गुण्डाहरुको हात रहेको दावी गर्दै मजदुरहरुले मजदुर कोही भए कार्बाही गर्दा आफूहरुले बिरोध नगर्ने बताएका थिए ।

आज मन्त्रालयमा लोत्सेको विषयमा काठमाण्डौँ महानगरपालिकासँग समन्वय गरेर अध्ययन गरेर समाधान गर्ने, मजदुरका जायज माग पूरा गर्ने जस्ता विषयमा उपप्रधान तथा भौतिक योजना एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रतिवद्धता जनाएपछि हड्ताल स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ