फागुण २ काठमाण्डौँ । सरकारले आन्दोलनरत यातायात मजदुरसँग वार्ता सुरू गरेको छ।
आज बिहान देखि सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता जारी छ ।
वार्तामा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधि छन् भने सरकारका तर्फबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रालयका कर्मचारीहरू छन्।
ट्राफिक जरिवानामा गरिएको वृद्धिलगायत विरोधमा यातायात मजदुर आन्दोलनमा छन्। यातायात मजदुरहरूले सोमबार आन्दोलन गर्दै प्रहरीका दुई भ्यानसमेत आगजनी गरेका थिए। साथै एउटा प्रहरी विट समेत जलाउनुका साथै लोत्से भवनमा समेत तोडफोड गरेका थिए ।
आज बिहानैदेखि यातायात मजदुरहरूले काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गरेका छैनन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline