फागुण २ काठमाण्डौँ । आन्दोलनरत यातायात मजदुरहरुले उपत्यकाको सार्वजनिक यातायात ठप्प पारेका छन् ।
ट्राफिक जरिवाना कम गर्नुपर्ने, बसपार्क बाहिर माइक्रो पार्किङ गर्नुपर्ने लगायतका माग राख्दै यातायात मजदुरहरु आन्दोलनमा उत्रिएका हुन्।
सोमबार दिनभर नयाँ बसपार्क माछापोखरी क्षेत्रमा उग्र प्रदर्शन गरेका मजदुरले आज यातायात बन्दको घोषणा गरेका थिए ।
आज सार्वजनिक यातायात नचल्दा सर्वसाधारण भने मर्कामा परेका छन् ।
सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए। यसै गरी लोत्से भवनमा मजदुरहरुले तोडफोड गरेका थिए । लोत्सेका महाप्रवन्धक सुनिल कुँवर सहितको समुहले मजदुरमाथि आक्रमण गरेको भन्दै आन्दोलन चर्किएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline