सरकार र यातायात मजदुरबीच मन्त्रालयमा वार्ता जारी

सरकार र यातायात मजदुरबीच मन्त्रालयमा वार्ता जारी

  • मङ्लबार, फाल्गुन २, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

फागुन २, काठमाडौँ । सरकार र आन्दोलित यातायात मजदुर संगठनहरूबीच वार्ता जारी छ । यातायात मजदुर संगठनको माग सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बिहान बोलाइएको बैठक सिंहदरबारमा जारी छ ।

मजदुरहरूको माग सम्बोधनका लागि यातायात व्यवस्था विभागले अधिकतम रूपमा लचकता अपनाएर विवाद समाधान गर्ने बताएको छ ।
मजदुरले उठाएको जरिवानाबापतको रकम घटाउने र ५ पटक कारबाहीमा परे अनुमतिपत्र खारेज हुने विषय यातायात व्यवस्था विभागले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार सम्बोधन हुने बताइएको छ ।

आफ्ना माग सम्बोधनका लागि दबाब दिन मजदुर संगठनहरूले मंगलबार उपत्यकामा सवारी हडताल आह्वान गरेका छन् ।

उपप्रधान तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठको उपस्थितिमा भएको बैंककमा ६ बटा मजदुर संगठनका प्रतिनिधि लगायतको सहभागीता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ