फागुण १ काठमाण्डौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिलेको गठबन्धन फागुण १० गते भित्र भत्किसक्ने दावी गरेका छन् ।
सोमबार रुपन्देहीको क्षेत्र नं. १ मा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्तामा रहेको भन्दै राष्ट्रपति चुनावमा कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने बताए ।
थापाले पुरानो पाँच दलीय गठबन्धन स्थीरता, सुसासन र समृद्धिको नारा लिएर चुनावमा होमिएको भन्दै सो गठबन्धन ब्युतिने बताए ।
एमालेको उम्मेद्धार राष्ट्रपति बनेमा समानान्तर सत्ता चल्ने भन्दै उनले काँग्रेसको राष्ट्रपति निर्वाचित हुने पनि बताए ।
केही दिन अघि मात्रै उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline