उपत्यकामा यातायात मजदुरको आन्दोलन उग्र, प्रहरीको बिट जलाए, भोलिदेखि उपत्यकामा सार्वजनिक यातायात नचलाउने

उपत्यकामा यातायात मजदुरको आन्दोलन उग्र, प्रहरीको बिट जलाए, भोलिदेखि उपत्यकामा सार्वजनिक यातायात नचलाउने

  • सोमवार, फाल्गुन १, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

फागुण १ काठमाण्डौँ । नयाँ बसपार्कका लोत्सेका ठेकेदार सुनिल कुवँर लगायतले मजदुरमाथि आक्रमण गरेको भन्दै आन्दोलित मजदुरले आज प्रहरी विट र भ्यान नै जलाईदिएका छन् ।

आक्रोशित मजलुरले लोत्से भवनमा समेत तोडफोड गरेका छन् । आन्दोलनमा उत्रिएका यातायात मजदुरले भोलिदेखि अनिश्चितकालका लागि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। व्यवशायीले पनि भोलीदेखि यातायात नचलाउने जनाएका छन् ।

गंगबुस्थित नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरलगायतले मजदुर र मजदुरसँग सम्बन्धित संगठनका नेता–कार्यकर्तामाथि आक्रमण गरेको विरोधमा यातायात मजदुरले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्।

उनीहरूले कुँवरसहित लोत्सकै कर्मचारीहरू पंकज मल्ल, हिमाल कुँवरलगायत अपरिचित ३० जनाको समूहले आक्रमण गरेको बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले संयुक्त विज्ञप्ति जारी गर्दै भोलिदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन्।

विज्ञप्तिमा आफ्ना दशबुँदे माग पूरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द हुने उल्लेख छ।

तीनवटै संगठनले यसअघि १७ माघमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दशबुँदे माग बुझाएका थिए । उनीहरूका अनुसार आक्रमणबाट दर्जनौँ मजदुर र संगठनका नेताहरू घाइते भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ