मिटर रिडरहरू आन्दोलित, विद्युत् प्राधिकरणको प्राङ्गढमा धर्ना तथा आमरण अनसन

मिटर रिडरहरू आन्दोलित, विद्युत् प्राधिकरणको प्राङ्गढमा धर्ना तथा आमरण अनसन

  • सोमवार, फाल्गुन १, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

फागुन १, काठमाडौँ । गोटा पद्दती खारेज गरी दैनिक ज्यालादारी बनाउनुपर्ने लगायत माग राख्दै नेपाल विद्युत् प्राधिकरणका मिटर रिडरहरूले प्राधिकरणको प्राङ्गढमा धर्ना तथा आमरण अनसन थालेका छन् ।
मिटर रिडर संघर्ष समिति नै बनाएर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ज्यालादारी वृद्धि हुनुपर्ने, हाल देशभर रहेका ६२३ जना ‘गोटा गन्ती’का मिटर रिडरलाई ज्यालादारीका रुपमा राख्नुपर्ने लगायत माग राखेका छन् ।

हाल रिड गरेको मिटरको संख्याअनुसार उनीहरुले ज्याला पाउने गरेकोमा यो पद्दती हटाएर दैनिक रुपमा गर्नुपर्ने उनीहरुको माग छ । यसअघि आफ्ना मागबारे ध्यानाकर्षण पत्र बुझाए पनि प्राधिकरणले कुनै सुनुवाई नगरेको भन्दै उनीहरुले आमरण अनुसन सुरु गरेका हुन् । अन्तिम विकल्पका रुपमा आमरण अनुसन सुरु गरेको मिटर रिडर संघर्ष समितिका अध्यक्ष श्याम अधिकारीले बताए । ‘यो हाम्रो रहर होइन बाध्यता हो, प्राधिकरणकै कर्मचारी भएता पनि हामीलाई विभेद गरिएको छ’ उनले भने ।

गोटाबाट ज्यालादारी व्यवस्थापन गर्दा आजीवन बर्खास्त नगर्ने ग्यारेन्टी गर्नुपर्ने, मिटर रिडरको संख्या किटानी गर्नुपर्ने, सार्वजनिक बिदा बाहेक एक वर्षमा १२ दिनसम्म भैपरी र ६० दिन सुत्केरी बिदा दिनुपर्ने, कार्य प्रकृति अनुसार सिटमा काम गरेवापतको अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने समितिको माग छ । प्राधिकरणको कामको सिलसिलामा दुर्घटनामा परेमा उपचार खर्चको व्यवस्था गर्न, प्राधिकरणको निर्माणाधीन आयोजनाको सेयर मिटर रिडरहरूलाई पनि अन्यसरह व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ