देशभरका सामुदायिक विद्यालयमा निर्वाचन विशेष जागरण अभियान सञ्चालन गर्न राष्ट्रपतिको आग्रह

देशभरका सामुदायिक विद्यालयमा निर्वाचन विशेष जागरण अभियान सञ्चालन गर्न राष्ट्रपतिको आग्रह

  • आइतवार, माघ २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

माघ २९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका सबै सामुदायिक विद्यालयलाई लक्षित गरी विशेष जागरण अभियान संचाललन गर्न आग्रह गरेकी छन् । निर्वाचन आयोगको आर्थिक वर्ष ०७८ ०७९ को वार्षिक प्रतिवेदन बुझ्दै आइतबार राष्ट्रपति भण्डारीले मतदाता शिक्षालाई प्रभावकारी बनाउन
सबै सामुदायीक बिद्यालयमा मतदाता शिक्षा सन्चालन गर्न आग्रह गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य निरन्तररुपमा संचालन हुनुपर्नेमा जोड दिँदै उनले निर्वाचनमा सबै मतदाताले निर्वाधरुपमा मतदान गर्न पाउने व्यवस्थाको सुनिश्चितता गर्न आग्रह गरिन् ।

सबै मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूलाई पायक पर्ने स्थानबाट मतदान गर्न पाउने व्यवस्था गर्न उनको आग्रह थियो ।
उनले मतदान स्थलको सुरक्षा र सबै मतदाताले आफ्नो मताधिकार निर्वाधरूपमा प्रयोग गर्न सक्ने स्थितिको सिर्जना गर्न तथा निर्वाचनको समयपूर्व मतदाता शिक्षालाई घर परिवारस्तरसम्म पुर्‍याउन देशभरका सबै माध्यमिक विद्यालयलाई लक्षित गरी निर्वाचनसम्बन्धी विशेष जागरण अभियान सञ्चालन गर्न ध्यान दिन आग्रह गरेको आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेपछि विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएको भन्दै समयमै निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवादसमेत प्रकट गरेकी छन् । आयोगले संविधानको धारा २९४ बमोजिम वि.सं. २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको विवरण समेटिएको सोह्रौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

प्रतिवेदन पेस गर्दै आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको संचालन, व्यवस्थापन, रेखदेख, नियन्त्रण र निर्देशनका क्रममा आयोगले संविधान र कानुनको अधिनमा रही कार्य सम्पादन गरेको र प्राप्त सुझावका आधारमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको बताएका थिए ।

आयोगले एक वर्षको अविधमा १४१ पटक आयोगको बैठक बसी कुल ६२४ वटा निर्णयहरू गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी