माघ २८ काठमाण्डौँ । हिजो राष्ट्रपतिको सवारीका बेला बाटोमा हिँडेको भन्दै डाक्टर जनिथलाल सिंहमाथि कुटपिट गर्ने प्रहरी निलम्वनमा परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दार शम्भुजंग गुरूङलाई निलम्बन गरेको हो ।
अहिले तत्काललाई निलम्वन गरिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै प्रहरीले ट्रमा सेन्टरका चिकित्सक सिंहलाई कुटपिट गरेको थियो।
शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न गएकी थिइन्। सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो। त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।
कुटपिटको चिौतर्फी आलोचना र बिरोध भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline