भिआईपी चाहिँदैन, जनता कुट्न पाँईदैन भन्दै माईतीघरमा डा. गोविन्द केसी सहितले गरे प्रदर्शन

भिआईपी चाहिँदैन, जनता कुट्न पाँईदैन भन्दै माईतीघरमा डा. गोविन्द केसी सहितले गरे प्रदर्शन

  • शनिबार, माघ २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

माघ २८ काठमाण्डौँ । राष्ट्रपतिले संसदमा संवोधन गरेर निवासमा फर्किने क्रममा बीर अस्पताल ट्रमा सेन्टर अगाडी ड्युटीमा जाँदै गरेका डा. जनिथलाल सिंह माथि कुटपिट भएको घटनाको बिरोधमा आज माईतीघरमा प्रदर्शन भएको छ । उनी ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन हुन् । यसै गरी ट्रमाकै अन्य चिकित्सकहरुलाई समेत प्रहरीले लाठी हानेको थियो । राष्ट्रपतिको सवारीका बेला सडकमा हिँडेको भन्दै डाक्टरहरुमाथि प्रहरीले लाठी प्रहार गरेको थियो ।

चिकित्सा क्षेत्र सुधार अभियान्ता डा. गोविन्द केसी सहितले भिआईपी चाहिँदैन, जनता कुट्न पाँईदैन जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

दोषीलाई कारबाही नभएसम्म वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ओपीडी सेवामा आफूहरू सहभागी नहुने चिकित्सकहरूले बताएका छन् । चिकित्सक कुटपिटको विरोधमा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका आवासीय चिकित्सकहरूले आंशिक रूपमा सेवा प्रवाहमा अवरोध गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ