नक्कली शैक्षिक प्रमाणपत्रमा पूर्वन्यायाधीश ओमकार उपाध्याय दोषी ठहर

नक्कली शैक्षिक प्रमाणपत्रमा पूर्वन्यायाधीश ओमकार उपाध्याय दोषी ठहर

  • बिहिबार, माघ २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौँ माघ २६ । पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई‚ बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले बिहीबार पूर्वन्यायाधीश उपाध्यायलाई नक्कली प्रमाणपत्रमा दोषी ठहर गरेको हो ।

उपाध्यायले भारतबाट स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र ल्याएर नेपाल ल क्याम्पसबाट बीएल गरेका थिए । उनीविरुद्ध २०७६ जेट १९ मा न्यायपरिषद्ले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता हुँदा उपाध्याय जिल्ला अदालत तनहुँमा न्यायाधीशको रुपमा कार्यरत थिए । मुद्दा दर्ता भएपछि उनले राजीनामा दिएका थिए ।

न्यायपरिषद्‌मा उजुरी परेपछि अनुसन्धानको क्रममा भारतबाट ल्याएर स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र नक्कली ठहर भएको थियो । उपाध्यायलाई तीन हजार जरिवाना तोकिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ