जंगली बदेलको मासु सहित एक पक्राउ

जंगली बदेलको मासु सहित एक पक्राउ

  • बिहिबार, माघ २६, २०७९
  • डम्मर दत्त भट्ट

  • 5.5K
    SHARES

कञ्चनपुर, २६ माघ । कञ्चनपुरको जिल्लाको मध्य भागमा रहेको दैजी बजारबाट जंगली बदेलको मासु सहित एक जना मानिस पक्राउ परेका छन । बेदकोट नगरपालिका १० दैजीको एक होटलकै छेउबाट बदेलको मासु सहित एक युवक पक्राउ परेका हुन ।

सव डिभिजन वन कार्यालय ब्रम्हदेबका प्रमुख जिवन भण्डारीले डेढकिलो बदेलको मासु सहित जनक चन्द पक्राउ परेको बताए । सव डिभिजन वन कार्यालय ब्रम्हदेबका भण्डारीले उक्त मासु सहित मानिसलाई नियन्त्रणमा लिएर कार्बाही अघि बढाईएको छ । उक्त मासु कहाँबाट ल्याएको कसलाई बेच्न वा खरिद गरेको ल्याएको बारे थप अनुसन्धान गरिने बताए । होटलमा बिक्रिका लागि वा अन्यबाट खरिद गरिएको विषयमा सव डिभिजन वन कार्यालय ब्रम्हदेबले अनुसन्धान गरिएको छ ।

उक्त बदेलको मासु बराद एव मानिस पक्राउ प्रकरणमा कतै ठुलालाई उन्मुक्ति सानालाई कानुन लगाउने समेत चिन्ता व्यक्त गरिएको छ । स्थानीले घटनाको सत्यतथ्य छानबिन गरेर थप संलग्नमाथि कार्बाही हुनुपर्नेमा जोडदिएका छन । बनवाट कतै चलखेल भए त्यस बिरुद्धमा प्रतिवादकै चेतावनी दिएका छन । दैजीको उत्तर चुरे वन र दक्षिणमा निकुञ्ज भएकाले दुवै मध्ये एक वनबाट उक्त बदेलको शिकार गरेको वनका अधिकारीको अनुमान रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ