कैलाली माघ २६ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन् ।
विश्वासको मत नपाएपछि उनले आजै प्रदेश प्रमुखलाई राजीनामा दिएका हुन् ।
बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएको प्रदेशको सचिवालयले जनाएको छ ।
गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबार माघ २६ गतेभित्रै विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेका थिए । तर उनको प्रस्तावलाई बहुमत प्रदेश सभा सदस्यले अस्वीकृत गरेपछि राजीनामा आएको हो ।
अब संवैधानिक व्यवस्था अनुसार ठूलो दलको हैसियतमा नेपाली काँग्रेसका कमल शाही मुख्यमन्त्री हुने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline