अपहरणको नाटक गरेर फिरौती लिन खोजेको आरोपमा ६ जना पक्राउ

अपहरणको नाटक गरेर फिरौती लिन खोजेको आरोपमा ६ जना पक्राउ

  • बुधबार, माघ २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

माघ २५ काठमाण्डौँ । अपहरणको नाटक गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार ६ जनालाई पक्राउ गरेको प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

चन्द्रागिरि नगरपालिका(१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चन्द्रागिरि(१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन घर भई नैकाप बस्ने ३३ वर्षीय दिलिप विक, सर्लाही घर भई बालाजु बस्‍ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेका ४२ वर्षीय जगतबहादुर भोलान, ५३ वर्षीय कान्छामान जिम्बा र धादिङ घर भई कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा छन्।

जगतबहादुर भोलान, कान्छामान जिम्बा र आशमान लामा अपहरणमा परेको भनिएपछि प्रहरीले खोजी गरेको थियो ।

उनीहरू तीनै जनाले आ(आफ्नो परिवारलाई फोन गरी अपहरणमा परेको जानकारी दिएका थिए। आफूहरू अपहरणमा परेको र साढे तीन लाख नबुझाइकन फुत्किन सम्भव नभएको बताएका थिए।

पैसा लिएर कलंकीमा आउन भनिएको थियो।

यसरी अपहरणमा परेको खबर पाएपछि परिवारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जानकारी गराएका थिए।

‘पैसा नदिइ फुत्किन सम्भव भएन तुरून्त कलंकीमा पैसा लिएर आउनू भनेर उनीहरूले आफ्नो परिवारलाई खबर गरे। परिवारले हामीलाई जानकारी दिएपछि टोली खटिएको थियो,’ एसपी राठौरले भने।

जगतबहादुरकी श्रीमती र कान्छामानका ज्वाइँ पैसा पुर्‍याउन भनेर प्रहरीसँग कलंकीमा पुगेका थिए।

प्रहरीले अपहरणकारी आउला भनेर कुरेर बसेको थियो। तर त्यहाँ अपहरण गर्ने व्यक्तिहरू आएनन्। बरू अपहरणमा परेको भनिएका जगतबहादुर नै मोटरसाइकलमा चढेर आइपुगेका थिए।

अपहरणमा परेकै व्यक्ति पैसा लिन आएपछि उनीमाथि थप सोधपुछ गरी अनुसन्धान अघि बढाएको एसपी राठौरले बताए।

उनीमाथि सोधपुछ गरी प्रहरी फेरि रिसोर्टमा पुगेको थियो।

रिसोर्टमा पुग्दा अपहरणमा परेको भनिएका कान्छामान र आशमानसहित अन्य व्यक्तिहरू रक्सी खाएर बसेका थिए। उनीहरूले नाटक थाहा पाएपछि सबैलाई पक्राउ गरेको एसपी राठौरले बताए।

अहिले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ