रवि लामिछानेले पत्रकारको नामै लिएर थर्काएपछि महासंघले जनायो गंभीर आपत्ति

रवि लामिछानेले पत्रकारको नामै लिएर थर्काएपछि महासंघले जनायो गंभीर आपत्ति

  • आइतवार, माघ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

माघ २२ काठमाण्डौँ । पूर्व पत्रकार समेत रहेका रवि लामिछानेले पत्रकार सम्मेलन गरेरै विभिन्न पत्रकारहरुको नामै लिएर थर्काएपछि नेपाल पत्रकार महासंघले गंभीर आपत्ति जनाएको छ ।

आज पत्रकार सम्मेलनमा आफ्नो खेदो गरेको भन्दै अमित ढकाल, शिव गाँउले सहितको नामै किटेर उत्तेजनापूर्ण अभिव्यक्ति दिएका थिए ।

रवि लामिछानेले मिडिया र पत्रकारको नामै लिएर धम्की दिएको भन्दै महासंघले गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्छ। साथै आफ्नो अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जोडदार माग गर्छ,’ महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लामिछानेको अभिव्यक्तिका कारण कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी लामिछाने र उनको पार्टीले लिनु पर्ने महासंघले चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी