काठमाडौं बानेश्वरमा छोरी घाँटी रेटिएको र बाबु झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं बानेश्वरमा छोरी घाँटी रेटिएको र बाबु झुन्डिएको अवस्थामा मृत भेटिए

  • शनिबार, माघ २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

माघ २१, काठमाडौं । काठमाडौं महानगरपालिका १० स्थित बानेश्वरमा बाबुछोरी मृत भेटिएका छन् ।

रामेछापको खाँडादेवी गाउँपालिका स्थायी घर भई टंकप्रसाद मार्गमा डेरा गरी बस्ने किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

प्रहरीका अनुसार बन्द कोठाभित्र घाँटी रेटिएको अवस्थामा छोरीको शव भेटिएको छ । बाबु शौचालयमा झुन्डिएको अवस्थामा छन् । छोरी शारिरिकरूपमा अशक्त रहेको बताइएको छ ।

दिउँसो बाहिर गएकी श्रीमती साँझ कोठा फर्कँदा भित्रैबाट बन्द रहेको पाइएपछि ढोका फोडेर हेर्दा बाबुछोरी मृत भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ