लागुऔषध गाँजा सहित ५ जना पक्राउ

लागुऔषध गाँजा सहित ५ जना पक्राउ

  • शुक्रबार, माघ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

सुनसरी, माघ २० गते । सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गमा लागुऔषध गाँजा सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले इटहरीबाट बिराटनगर तर्फ आउदै गरेको को.२ ह ३०४४ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको १७ किलोग्राम गाँजा बरामद गरेको हो ।

टेम्पोमा गाँजा बरामद भए संगै अटो चालक इटहरी उपमहानगरपालिका-११ का ३७  बर्षीय महमद हजरत अली, उक्त टेम्पोमा सवार रहेका इटहरी-१३ का १९ बर्षीय आकाश पटेल र २७ बर्षीय आसिस पटेललाई पक्राउ गरेको हो भने अनुसन्धानको क्रममा संलग्न रहेका इटहरी-१२ का २७ बर्षीय अरुण कुमार सरदार र देवानगंज गाउँपालिका-५ का २३ बर्षीय मिथिलेस यादब समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ