माघ १९, काठमाडौँ । नाबालिका बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित परेको निवेदनमाथिको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।
लामिछानेलाई थुनामै राखेर उनीविरुद्धको नाबालिका बलात्कार मुद्दाको प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा दिएको पुनरावलोकन मुद्दाको सुनुवाइ शुक्रबार तोकिएको हो ।
उच्च अदालतले पुस २८ गते लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी दिएको आदेशविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको थियो।
गत बिहीबार महान्यायाधीवक्ता कार्यालयले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने निर्णय गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline