निफको जुरीमा नेपालबाट प्रियंका कार्की र बलामी नियुक्त

निफको जुरीमा नेपालबाट प्रियंका कार्की र बलामी नियुक्त

  • बिहिबार, माघ १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं नेपाल
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को दुई जुरी कमिटीमा दुईजना नेपाली
कलाकर्मी मनोनित भएका छन् ।

निफ’को जुरीमा चर्चित अभिनेत्री प्रियंका कार्की फिचर तर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्र लाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएको निफले जनाएको छ । कार्की यस्ती अभिनेत्री हुन्जसले दर्जनौं चलचित्रमा अभिनय गरेर लोकप्रियताको शिखर चुम्न सफल छिन् ।

त्यसैगरी माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक निर्देशक इन्द्र लाल बलामी चलचित्रको प्राविधिक पक्षलाई स्तरीयबनाउन तारिफ योग्य भूमिका निर्वाह गर्दै आएका छन् ।

यस बर्ष निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा,
छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार
वितरण गरिने छ ।

निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी,
अन्तरक्रिया) समेत आयोजना गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी