ओलीः कानुन संविधान हेर्ने होईन रविलाई गृहमन्त्री बनाउनुस्, प्रचण्डको जवाफः फैसलाको पूर्ण पाठ र कानुन हेरेर निर्णय हुन्छ

ओलीः कानुन संविधान हेर्ने होईन रविलाई गृहमन्त्री बनाउनुस्, प्रचण्डको जवाफः फैसलाको पूर्ण पाठ र कानुन हेरेर निर्णय हुन्छ

  • बुधबार, माघ १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

ओलीः कानुन संविधान हेर्ने होईन रविलाई गृहमन्त्री बनाउनुस्, प्रचण्डको जवाफः फैसलाको पूर्ण पाठ र कानुन हेरेर निर्णय हुन्छ

माघ १८ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई कानुन संविधान नहेरी गृहमन्त्रीमा पुनर्वहाली गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् ।

आज वालुवाटारमा भएको छलफलमा ओलीले कानुन संविधानले के भन्छ भन्ने होईन, पूर्व समझदारी अनुसार लामिछानेलाई गृहमन्त्री बनाउन दबाब दिएका हुन् ।

‘कानुन र संविधानले के भन्छ भन्ने कुरा होइन,’ अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई भेटमा भने, ‘रविजीको पार्टीलाई गठबन्धनमा ल्याउँदा हामीले जे समझदारी गरेका थियौँ, त्यहीअनुसार कार्यान्वयन गर्नुपर्छ। यसो-उसो भनेर रोक्न मिल्दैन।’

त्यसपछि प्रचण्डले सर्वोच्चको फैसलाको पूर्ण पाठ आउनु पर्ने, पासपोर्टको मुद्धाको समेत विषय उठेकाले त्यो किनारा लागेपछि कानुन व्यवशायीसँग समेत परामर्श पछि मात्रै निर्णय लिने जवाफ दिएका थिए ।

तत्कालै गैर सांसद बनेका लामिछानेलाई गृहमन्त्री बनाउदा अदालतको मानहानी हुन सक्ने भन्दै ओलीलाई सचेत गराएका थिए ।

प्रधानमन्त्रीले तत्कालै लामिछानेलाई गृहमन्त्री बनाउन नचाहेपछि लामिछानेले ओलीलाई भेटेर दबाब दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी