अब उपनिर्वाचनमा चितवन दुईबाट रविलाई हराएर पार्टीलाई जिताउने काँग्रेसको घोषणा

अब उपनिर्वाचनमा चितवन दुईबाट रविलाई हराएर पार्टीलाई जिताउने काँग्रेसको घोषणा

  • मङ्लबार, माघ १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

माघ १७ काठमाण्डौँ । चितवन काँग्रेसले अब दुई नम्बर क्षेत्रमा रवि लामिछाने फेरी उम्मेद्धार भएर आएमा हराएर पार्टीलाई जिताउने घोषणा गरेको छ ।

नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनालले चितवन–२ मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार भए कांग्रेसका लागि सहज हुने बताए ।

‘३२ दिनमा गृहमन्त्री हुँदा उहाँले के गर्नुभयो । चितवनका मतदाताले बुझिसकें,’ खनालले भने । नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसकेको उनले बताए ।

नयाँ दल र रविको तरंगले मतदाता भ्रममा परेपनि उपनिर्वाचनमा उक्त भ्रम तोडिने खनालले जिकिर गरे। कांग्रेस निकट चितवन–काठमाडौं सम्पर्क समितिले गरेको पत्रकारसँगको भेटघाटमा उनले भने,‘गठबन्धन गरे जितिहालिन्छ नि भन्ने कांग्रेसलाई भयो ।

सभापति शेरबहादुर देउवालाई भेटेर चितवन २ को उप निर्वाचनका बारेमा दुई दिन अघि छलफल गरेको उनले बताए । उम्मेदवारको आकांक्षी आफू रहेपनि जिल्ला सभापति भएको हुँदा अघि सरेर दाबी गर्न नमिल्ने खनालले सुनाए ।

गत निर्वाचनमा चितवन–२ बाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ कांग्रेसबाट उम्मेदवार बनेका थिए । श्रेष्ठले स्थानीय तहमा हुने पार्टी भित्रको अधिवेशनमा निर्वाचित हुँदै आएका थिएनन् । कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठलाई भौगोलिक अवस्था र कार्यकर्ता चिनाउनु पर्ने समस्या समेत पार्टीलाई उनले सुनाए । ‘बाटो र कार्यकर्ता चिनाउँदा चिनाउँदै मतदाता चिनाउन भ्याइएन,’ खनालले भने ।

गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले कांग्रेसका उम्मेदवार श्रेष्ठलाई फराकिलो मतान्तरले हराएका थिए । लामिछानेले ४९ हजार ३०० मत प्राप्त गर्दा श्रेष्ठले १४ हजार ९८८ र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

अब पार्टी भित्रका समस्या समाधान गर्नै चितवन २ मा काँग्रेसको जित सुनिश्चित गर्ने खनालको योजना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ