पोखरामा आइतबार आत्मदाह गर्न खोजेका एक युवालाई बचाउने क्रममा गम्भिर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१३ काँहुखोलाकी ४० वर्षकी संगीता सापकोटाको सोमबार निधन भएको हो ।
आइतबार बिहान सापकोटाको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षिय कृष्णबहादुर क्षेत्री आफूमाथि आगो लगाएका थिए । उनलाई बचाउन गएकी सापकोटाले जलेर गम्भिर रुपमा घाइते भएकी थिइन्। सापकोटाको ८० प्रतिशत शरिर जलेको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । घाइते कृण्ण बहादुर क्षेत्रीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय निरन्तर आत्मदाहका घटनामा बृद्धि भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline