माघ १६ नेपालगञ्ज । प्रेम आचार्यले आफैलाई आगो लगाएर आत्मदाह गरेपछि यु प्रकारका घटना निरन्तर बढीरहेको छ ।
आइतबार बेलुका पाँच बजेतिर कोहलपुर–१ शान्तिनगरका एक युवकले आफ्नो श्रीमती र नाबालक छोरालाई आगो लगाइदिए।
सोहि दिन ३२ वर्षका भानुभक्त विक र उनकी श्रीमती गंगा विकको झगडा भएको थियो । त्यसपछि भानुभक्तले श्रीमती गंगा र छोरा प्रिन्सलाई आगो लगाएर आफू भारत भागेका छन् । जलेर घाईते भएका प्रिन्सको उपचारको क्रममा मृत्यु भएको छ भने गंगाको उपचार भईरहेको छ ।
प्रिन्सको कम्मरभन्दा माथिको भागमा असर परेको थियो । आमा गंगाको भने उपचार चलिरहेको छ । गंगाको शरिर २० प्रतिशत जलेको छ ।
अहिले भानुभक्तलाई प्रहरीले पक्रन सफल भएको छ । उनलाई गएराति नै नियन्त्रणमा लिईएको बाँके प्रहरीले जनाएको छ ।
हिजो मात्रै पोखरामा एक युवाले आत्मदाह गर्न आफैलाई आगो लगाएका थिए । उनलाई बचाउन खोज्ने एक महिलाको जलेर मृत्यु भएको छ ।