माघ १६ काठमाण्डौँ । काठमाण्डौँ महानगरका मेयर बालेन्द्र शाहले प्रधानमन्त्रीलाई भेटेर बागमती करिडोरका सुकुम्वासी जसरी पनि हटाउन सहयोग गर्न आग्रह गरेका छन् ।
विहानै प्रधानमन्त्री निवास पुगेका मेयर शाहले जुनसुकै विकल्प निकालेर भए पनि सुकुम्वासी हटाउनु पर्ने बताएका थिए ।
जवाफमा प्रधानमन्त्रीले सरोकारवाला सबै पक्षसँग छलफल गर्नु पर्ने र सम्बन्धित निकायहरुसँग जानकारी लिने पनि जवाफ दिएका थिए ।
राम्रोसँग छलफल गरेर मात्रै यस विषयमा निष्कर्ष निकाल्नु पर्ने प्रधानमन्त्रीले भनेका थिए ।
यस अघि महानगर आफैले सुकुम्वासी बस्ती हटाउन प्रयास गर्दा असफल भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline