माघ १५ काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध उनलाई पहिला सहयोग गर्ने सुमन शायमी सहित नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । मेयर शाहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौको आह्वानमा आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको हो ।
मेयर शाहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन् हुनेगरी डोजर आतंक फैल्याउने काम गरेकाले त्यसो हुन नदिनका लागि खवरदारी गर्न आफूहरु प्रर्दशनमा आउनु परेको नागरिक अगुवा सुमन सायमीले बताए । उनले जनताको प्रतिनिधि भएर मेयर शाहले जनतालाई दुःख दिने काम गरिरहे सैह्य नहुने चेतावनी समेत दिए ।
उनीहरुले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराएका छन् ।
त्यस अवसरमा प्रर्दशनकारीहरुले आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर, डोजर आतंक बन्द गर, महानगरको ज्यादति बन्द गरलगायतका नाराबाजी गरेका थिए ।