माघ १५ पोखरा । काठमाण्डौँमा ईलामका प्रेम आचार्यले आफैलाई आगो लगाएर आत्मदाह गरेको घटना सेलाउन नपाँउदै पोखराका एक युवाले पनि आत्मदाहको प्रयास गरेका छन् ।
पोखरास्थित महानगर १३ काहुँखोलामा खोज्ने ४३ वर्षका कृष्ण बहादुर क्षेत्रीले आफैलाई आगो लगाएका हुन् । उनी जल्दै गरेको थाहा पाएपछि घरबेटी संगीता सापकोटा पनि जलेकी छन् । उनीहरुलाई तत्कालै उद्धार गरी पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो केहि समययता लगातार जसो नेपालमा आत्मदाहको घटना बढेको छ । हालसालै तीन जनाले आत्मदाह गरिसकेका छन् । पुष्पा न्यौपाने, सिभिल मलमा आगो लगाउने विशान लामिछाने गुरूङ र भरखरमात्रै संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए ।
विभिन्न सामाजिक आर्थिक समस्याले आत्मदाहको घटना बढ्दो छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline