संखुवासभामा छोराले गरे बाबुको हत्या, भोजपुरमा श्रीमतिको हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभामा छोराले गरे बाबुको हत्या, भोजपुरमा श्रीमतिको हत्या गर्ने श्रीमान् पक्राउ

  • आइतवार, माघ १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

संखुवासभाको भोटखोला गाउँपालिका-५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ भने बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा निजकै छोरा प्रेम कुमार राईलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

गत शुक्रवार राती ११ बजेको समयमा बाबु छोरा बिच घरायशी बिषयमा सामान्य बादबिबाद भएको र बादबिबादकै क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाईते भएका गोठेलाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । छोराको कुटपिटको कारण बुबाको मृत्यु भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी स्याक्सिगोलाबाट खटिएको प्रहरी टोलीले प्रेम कुमार राईलाई पक्राउ गरेको हो ।

श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ

भोजपुरको अरुण गाउँपालिका-२ का ५५ बर्षीय ज्ञान बहादुर श्रेष्ठलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिवार अपरान्ह ४ बजे श्रीमान श्रीमती बिच घरायशी बिषयमा सामान्य बादबिबाद भएको भएको र बादबिबादकै क्रममा रिशको आवेगमा श्रेष्ठले ४१ बर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरी मल खाडिमा पुरेको भन्ने सूचना पाए संगै प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी घर आएका श्रेष्ठले मादक पदार्थको सनकमा श्रीमतीको हत्या गरेको र हत्या पश्चात घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी