राम मुर्ति बनाउने कालीगण्डकीको शिलाको पूजा गर्न पथलैया पुगे पूर्वमन्त्री यादव

राम मुर्ति बनाउने कालीगण्डकीको शिलाको पूजा गर्न पथलैया पुगे पूर्वमन्त्री यादव

  • आइतवार, माघ १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

वीरगञ्ज । बाराको पथलैया पुगेको भगवान रामको जन्मभूमि अयोध्यामा निर्माण हुनलागेको राम मन्दिरमा बन्ने राम मूर्तिका लागि प्रयोग हुने नेपालको कालीगण्डकी नदिको शिलाको पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले क्षमापूजा गरेका छन् ।

म्याग्दी जिल्लाको बेनीस्थित कालीगण्डकी नदी किनारबाट उत्खनन गरिएको करोडौँ वर्ष पूरानो शिला नेपालको विभिन्न शहर हुँदै जनकपुर जाने क्रममा पथलैया पुगेको बेला पूर्वमन्त्री यादवले शिलाको क्षमापूजा र गङ्गा पूजन गरेका हुन् ।

क्षमापूजाका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् यादवसँगै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवम् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद्य लगायत पनि पुगेका थिए ।

शिलाको पूजा गर्दै पूर्वमन्त्री यादवले परापूर्वक कालदेखि नेपाल र भारतसँगको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको बताउँदै भने, ‘यहाँको शिला लगेर मूर्ति बनाउँदा यो सम्बन्ध थप प्रगाढ हुन्छ र नेपालको कालीगण्डकीको महत्व अझै उजागर हुन्छ र बढ्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ