काठमाडौं माघ १३ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ। पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेसहित राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय भएको बताए।
ुबैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ। यो एमालेबिनाको राष्ट्रिय सहमति होइन, एमालेसहितको राष्ट्रिय सहमति हो,ु उनले भने।
सरकार गठन गर्ने बेला गत १० पुसमा राष्ट्रपति एमालेले लिने सहमति भएको थियो। कांग्रेसबाट विश्वासको मत पाएपछि राष्ट्रिय सहमतिमा जोड दिएको माओवादीले एमालेलाई धोका नदिएको बरु एमाले सहितको राष्ट्रिय सहमति भनेको महराले बताए ।
उनले राष्ट्रपतिको निर्वाचनमा माघ २६ देखि २८ को बीचमा हुने बताए। उनले शुक्रबारको बैठकमा तीन जनाले विभागीय प्रतिवेदन प्रस्तुत गरेको बताए ।