सुकुम्बासी पुनः आन्दोलित, बानेश्वरमा धर्ना

सुकुम्बासी पुनः आन्दोलित, बानेश्वरमा धर्ना

  • शुक्रबार, माघ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, १३ माघ । सुकुम्बासीहरूले आफूहरुको उचित व्यवस्थापको माग गर्दै नयाँ बानेश्वरको सडकमा धर्ना दिएका छन्। स्थायी विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका हुन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको नेतृत्वमा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म र्‍याली सहित धर्ना दिएका छन् ।

भूमि अभियन्तामाथिको झुठो जाहेरी निसर्त फिर्ता गरियोस्, भूस्वामित्वसहित स्थायी विकल्प बिनाको उठिबास बन्द गर्नुपर्ने,भूमी ऐन बमोजिम लालपुर्जा वितण गर्नुपर्ने माग सहितका ब्यानर बोकेर धर्ना दिएका छन् ।
अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन धर्ना आयोजना गरिएको उनीहरुले बताए । उनीहरुले भूमि अभियान्तामाथि लगाइएका झूटा मुद्दा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ