प्रेम प्रसादको आत्मदाहः अर्को जल्ने शरीर मेरो नहोस् भन्दै युवाहरुको प्रदर्शन

प्रेम प्रसादको आत्मदाहः अर्को जल्ने शरीर मेरो नहोस् भन्दै युवाहरुको प्रदर्शन

  • बिहिबार, माघ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

माघ १२ काठमाडौँ । इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसम्बन्धी घटनामा आचार्यको न्यायका लागि भन्दै माईतीघरमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

‘राज्यद्वारा गरिएको हत्या विरुद्ध काठमाडौं अपराइजिङ’ नामको ब्यानरमा गरिएको प्रदर्शनका क्रममा सरकारको आलोचना भएको छ । भ्रष्ट राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीहरुले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए । जसमा ‘देशमा केही गर्छु भन्नु अपराध हो सरकार रु, मैले देशमा सपना देख्न पाउने कि नपाउने ? , खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, अर्को जल्दो शरीर मेरो नहोस् लगायत थिए ।

आचार्यको बुधबार उपचारको क्रममा बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो भने मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफूलाई आगो लगाएका थिए । व्यवसायी उनले आफू किन मर्न बाध्य भए भन्ने विषय सुसाइड नोटमा लेखेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी