‘प्रेमगीत–३’ पछि ‘कामिनो’ मा प्रदिप खड्का

‘प्रेमगीत–३’ पछि ‘कामिनो’ मा प्रदिप खड्का

  • बिहिबार, माघ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं,११ माघ । अहिलेका चर्चित अभिनेता प्रदिप खड्कालाई दर्शकले अब नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने भएका छन् । दीपक ओलीको निर्देशनमा निर्माण हुृने ‘कामिनो’ को बुधबार सामाजीक संजालमार्फत थीम पोस्टर सार्वजनीक गरिएको छ ।

एक्सेस नेपाल फिल्मस्को निर्माण,पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अभिनेता प्रदिपलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्माता,निर्देशकहरु लालायीत हुने गरे तापनि ‘प्रेम गीत–३’ पछि उनले कुनै फिल्म साइन गरेका थिएनन् । स्क्रिप्ट,टिम र क्यानभास मन परेकाले प्रदिप यो फिल्म गर्न राजी भएको बताईएको छ । प्रदिप र ‘कामिनो’ निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो ।

नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने फिल्म प्रेम,रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् । फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।

फिल्मको हिरोइनलगायत अन्य कलाकार तथा प्राबिधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी