आदिम युग देखि नै प्राणीको साथ मानव जातीको पनि उत्पत्ति भएको हो । युभाल नो हारारीका अनुसार १३.५ अरव बर्ष पहिले नै पदार्थ, उर्जा, समय र स्थानको उत्पती भएको हो । यो स्वाभाविक उपस्थितिलाई भौतिक शास्त्रले व्याख्या गरेको छ । त्यसपछि ३००००० बर्ष जतिको समयमा पदार्थ र उर्जा संयुक्त भएपछि परमाणुको सूत्रपात भएको हो । यसरी उपन्न परमाणु र साना साना कणहरुको संयुक्त स्वरुपलाई रसायन शास्त्र भनिएको हो । त्यसै गरि मानव जातीको उत्पती पछि इतिहासको सुरुआत भयो । व्यवहारिक क्रान्तिगत अवस्थाको इतिहास पनि ७०,००० बर्ष पहिलेको हो । यस पछि मानवीय आवश्यकता पूर्तिको मुख्य आधार कृषि नै सावित हुँदै यसको विधिवत शुरुआत भने १२,००० बर्ष पहिलेको हो । तर यो क्षेत्रको बैज्ञानिक ढंगको विकास प्रकृया भने झण्डै ५०० बर्ष पहिलेको हो भन्ने कुरालाई वर्तमान अवस्थामा देखिएका दार्शनिक युभाल नो हारारीले व्याख्या गरिरहेका छन । यसैले यु धर्तिमा मानव जातीमात्र ईतिहास निमाणका प्रमुख श्रोत हुन । यिनै मानव जातीको सेरोफेरोमा संसारको साशन व्यवस्थाको सूत्रपात भएको मानिन्छ ।
मानव जातीको इतिहास र यसको रहस्यको खोजी गर्न सजिलो छैन । यद्यपी हाम्रो मौलिक आधारशीलामा प्रकृतिमा उपलब्ध साधन र श्रोतलाई अष्ट ज भनेर व्यवहारिक व्याख्या गरिएको छ । वास्तबमा हामी यो कुरामा विश्वमा पहिलो छौ भन्दा पनि हुन्छ । किनभने धर्तिमा उपलब्ध साधन र श्रोतलाई अन्य देशले यसरी आठ भागमा बाँडेर समूहगत रुपमा व्याख्या गरिएको पाईएको छैन । यसैले नेपाली वर्णमालाको क, ख,ग को लहरमा आउने आठौँ अक्षर ज बाट आठ प्रकारका श्रोत र साधनको नामाकरण भएको छ । जस्तै जः जल, जमिन,जंगल, जडिबुटी, जराजुरी, जलबायु, जनावर र जनशक्ति यसरी आठ वर्गमा विभाजन गरेर श्रोतको व्याख्या गरिएको छ । यसरी आठभागमा भएको श्रोतको परिचालनबाट मानव सभ्यताको विशेष चरण शुरु भएको मानिएको छ ।
वास्तवमा मानव जाती नै विश्व समूदायको साथै संसारभरका साधन र श्रोतको व्यवस्थापन गर्ने मुख्य ताकत हो । मानव जातीले यो संसार चलायकै छ । यतिमात्र नभएर पृथ्वीमात्र नभएर अन्तरिक्षमा समेत साशन गर्ने ताकत मानिसनै बनिरहेको छ । इलोन मस्कले मंगल ग्रहमा सं. २०५० सम्म बस्ती बसाल्न आतुर बनेका छन भने विल गेट आफ्नो माइक्रो सफ्टले संसार चलिरहेको छ । यतिमात्र नभएर जुकर्बग जस्ता व्यक्तित्वले संचार जगतमा वेजोड तरंग दिईरहेका छ । स्टिभ जवले एपल कम्पनिमा नयाँ तरक्कि देखाएर विदा भैसकेका छन भने विस्वमा मानव जातिले विभिन्न प्रकारको अवतारिक तरंग दिएर अनौठो प्रस्तुती दिईरहेका छन् ।
बिसौँ सताब्दीमा वेजोड मानवीय तरंग दिने ताकत हिटलरको नै देखियो । उनले अत्यन्त निरंकुश ढंगले साशन गरेर आफ्ना यहुदी लगायतका जुनसुकै स्तरका विरोधीको पनि विनास गरेको क्रुरता विश्व इतिहासले वेहोरीरहेको छ । साच्चै यो दोश्रो विश्व युद्ध नै थियो । सायद रुसमा स्टालिनको उदय नभएको भए हिटलरको प्रभुत्व संसारभर नै जम्ने थियो भन्नेहरु पनि छन । यससंगगै उन्नाईसौ शताब्दीको शुरुमा नै कार्लमाक्सको जन्म भयो । उनले विश्व मानव समूदायको लागि वेजोड तरंग दिने खालको सैद्धान्ति अवधारणा दिए । उनैको योगदानले समाजमा वर्ग विश्लेषण सहितको सामाजिक आर्थिक क्रान्तिको आवश्यकता महसूस भए पश्चात विश्वको साशन व्यवस्था दुई शक्तिशाली समूहमा विभाजन भयो ।
यसपछि परम्परागत चलिरहेको अमेरिकी हैकम भित्रको साशन पूँजिवादी भयो भने समाजवादी क्रान्तिकारी अवधारणा अनुरुपको साशन समाजवादी कम्यूनिष्ट व्यवस्था हुन पुग्यो । यसै अनुरुप रुसले नेतृत्व गरेको कम्यूनिष्ट साशन पद्धतिले अंगालेका देशहरु वार्शा र अमेरिकाको साशनको प्रभावमा रहेका देशहरुको सैनिक समूह नेटो गरि विश्वनै दुई शक्तिमा विभाजन हुन पुग्यो । अहिले विश्व मानव समूदाय आफ्नो शक्तिको परीक्षण गर्ने होडवाजीमा मडारिई रहेको छ । विगतमा भएका धेरै युद्धलाई छाडेर अहिलेको युक्राईन रसियाको युद्धलाई नै हेर्ने हो भने नेटो र रुस विचको युद्ध बनेको छ । यसर्थ यो युद्धले पनि आफ्नो हैसियतको खोज ीगर्र्ने विग्रहको बाटो समात्नु हुन्छ र बृहत मानव कल्याण र मानवीय शान्तिको लागि कृयाशील हुनुपर्छ ।
यसर्थ दक्षिण एशियाको सानो भाग ओगटेको नेपाल अहिले विश्वको द्वन्दात्मक अवस्थाको प्रभावमा पर्न पुगेको छ । यसमा पनि दक्षिण तर्फको सीमा ओगटेको भारत र उत्तर तर्फको चिन संग मित्रतापूर्ण सम्वन्ध राख्नुपर्ने व्यवहारिक आवश्यकता छ । यसको लागि सोचनीय पक्ष भनेको भारतको नेपाल माथि आक्रामक अस्थाको कुटनीतिक समाधान खोज्नु हो । नेपाल परापूर्व काल देखि नै स्वतन्त्र र अभिभाज्य देश रहँदा रहँदै पनि भारतमा अग्रेजहरुको साशन ब्रिटिस इष्ट इण्डिया कम्पनी नामबाट भैरहेको थियो । अठारौ शताब्दीबाट सुरु भएको भारतमा अंगेको प्रत्येक्ष साशन उन्नाईसौ शताब्दीको आधाभाग सं.१९४७ सम्ममा मात्र समाप्त भयो । त्यसपछि भारत स्वतन्त्र भएको भनेर भारतीयहरु ज्यादै गर्वको महसूस गर्दछन । यद्यपी ब्रिटिस इण्डिया कम्पनीले सिंगो भारतलाई उपनिवेस बनाएको कुराले भने भारतीय साशकहरुलाइ कैल्यै शिर उठाउने अवस्था रहेको छैन । यसैकारण यिनीहरु आफूभन्दा कमजोर लाई दुःख दिन छोडिरहेका पाईदैन । यसै अनुरुप ब्रिटिस इण्डियाको पालामा भएको युद्धबाट सुगौली संन्धि पछि गुमेको भाग वास्तवमा भारतीय साशकले नेपाललाई फिर्ता गर्नु पर्ने नै हो । यद्यपी त्यसरी भारतीय तर्फ गाभिएका तिष्टा देखि सतलज सम्मको भूभाग फिर्ता गर्नु त के उल्टै कालापानीमा आएर जमिन कब्जा गर्नु उनिहरुको लागि लाजमर्दो बिषय हो । यसर्थ प्रचण्ड भूमिगत जनयुद्धको संघर्षमा होमिएका शक्तिशाली नेताले आज सरकार समालिरहेको अवस्थामा नेपाली जनताले आफ्नो स्वाभिमानको रक्षा अवस्य हुन्छ र विगतमा गुमेका जमिन फिर्ता हुन्छ भन्ने सोच राख्नु नौलो कुरा भएन । भारतीयहरुको लागि पनि यो जमिन फिर्ता गर्नु जतिको प्रतिष्ठापूर्ण व्यवहार आक्रामक हुनबाट प्राप्तीहुने छैन ।
जनयुद्धले नेपालमा मात्र नभएर विश्व समूदायमै तरंग ल्याएको हो । उपलब्धीपूर्ण जनयुद्धलाई शान्तिपूर्ण अवतरण गरायर प्रचण्डले आफ्नो बौद्धिक क्षमता देखाएकै हो । अहिले प्रचण्डको तेश्रो प्रधानमन्त्रित्व कालको शुरु मानै नेपालमा गणतन्त्र पछि कांग्रेशको सरकारले समेत नमनाएको पृथ्वी जयन्ति मनाउन विदा दिने पनि प्रचण्डनै हुन पुग्नुभएको छ । यो वहाको सर्व लोकपृय काम हो । यसपटक गोर्खाबार्टै चुनाव जितेका गोर्खामै जन्मेका पृथ्वी नारायण शाहले चालेको एकिकरण अभियानको सम्मान गर्दै श्रद्धाञ्जलि अर्पण गर्ने जनपक्षीय नेता प्रधानमन्त्रि पुस्पकमल दाहाल प्रचण्ड नै हुनुहुने भएको छ । यसले के संकेत गर्छ भने हाम्रा पूर्ववत गुमेका कालापानी लगायतका भूभागको संरक्षण गरी विशाल नेपाल जस्तो बृहत अभियान वहाँकै पालामा उपलब्धीपूर्ण भएर पृथ्वी नारायण शाहको अधुरो अभियान पुरा हुने छ भन्ने आशा एवं विश्वास जनताको रहनु नौलो कुरा भएन । यसको साथै सबै दललाई एकसाथ लिएर वाम एकता गर्दै सबैलाई नेतृत्व दिने सफता प्रचण्डलाई नै मिलेको छ । किनभने संसदमा सर्वसम्मत विश्वासको मत लिने ताकतको प्रदर्शन प्रचण्डको नै बन्यो । यसर्थ अव जे जतिले प्रचण्डलाई साथ दिए सबै प्रचण्डकै नेतृत्वमा एकाकार भएर देशको संबृद्धिको एकमात्र अभियानमा लागे यो देश प्रचण्डकै कार्यकालमा बन्न सक्छ । यो कार्यमा वहालाई सफता मिल्नु भनेको विश्वका गरिव र उत्पिडीत जनताको मुक्तिको गतिलो सन्देश हुन पुग्ने छ ।
देशको आर्थिक सम्बृद्धि र राष्ट्रिय पुनर्एकिकरण गरि युगौँ युग सम्म संम्मानित हुने सुअवसर प्रचण्डलाई नै छ । यो अवसर वहाले गुम्न दिनु हुने छैन भन्ने आशा गरौ ।