समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • बुधबार, माघ ११, २०७९
  • डम्मर दत्त भट्ट

  • 3.7K
    SHARES

कञ्चनपुर, ११ माघ । कञ्चनपुरको पश्चिममा रहेको दोधाराचाँदनी नगरपालिका ९ आम्भोजकी २३ बर्षिया आशा बस्नेत मृत्युको मुखमा पुगेर पनि बाँचेकी छिन ।
मंगलबार आमालाई खाना दिन जाँदा महाकाली नदीमा बहाव बढेर बगेकी आशालाई प्रहरीले समयमै उद्दार गरेको छ ।
ईलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक अर्जुन सिह साउद नेतृत्वको टोलीले आशालाई समयमै उद्दार गरेको हो । आशा महाकाली नदीमा बगेको खबर पाउने लगत्तै प्रहरी टोली घटना स्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले आशा महाकाली नदीमा बगेको खबर पाउँनासाथ प्रहरी निरीक्षक अर्जुन सिह साउद नेतृत्वको टोलीले आशाको उद्दार गरेको बताए । आशा आमा खरकटाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएकी थिईन, आमालाई खाना लैजाने क्रममा उनी महाकाली नदी तर्ने क्रममा बगेकी थिईन ।

समयमै प्रहरी पुग्दा आशालाई बाँच्ने आशा थप पलाएको छ । आशाको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रबाट उप उपचारका लागि सेती अस्पतालमा उपचारका लागि पठाईएको छ । अहिले आशाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । यसरी महाकाली नदीले बगाएर समयै प्रहरीद्वारा उद्दारपछि बाँच्न सफल भएकी आशालाई थप बाँच्ने आशा छ । महाकाली नदीमा बगेको मानिस बिरलै उद्दार र हुने बाँच्ने गरेका छन । प्रहरीको उक्त सहासिलो कार्यबाट स्थानीय हर्षित भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ