सुस्ता बचाउन ज्यानको बाजी थापेर संघर्षको अगुवाई गरेका गोपाल गुरुङको उचित उपचारको अभावमा निधन

सुस्ता बचाउन ज्यानको बाजी थापेर संघर्षको अगुवाई गरेका गोपाल गुरुङको उचित उपचारको अभावमा निधन

  • बुधबार, माघ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

नवलपरासी पूर्व माघ १० । ‘सुस्ता बचाऊ’ आन्दोलनका मुख्य अभियन्ता गोपाल गुरुङको निधन भएको छ । गत पुस ८ गते घरमै बेहोस भएपछि भैरहवा अस्पतालमा भर्ना भएका गुरुङको निधन भएको हो ।

मस्तिष्कघात भएका उनको आर्थिक अभावका कारण त्यहीदिन शल्यक्रिया गर्न नसकिएको सुस्ता बचाऊ आन्दोलनका प्रवक्ता रवीन्द्र जयसवालले बताए । रगत र अपरेशन गर्न पैसा खोज्दाखोज्दै ३ दिन ढिला हुँदा उपचार समयमै हुन नसकेको र त्यसैका कारण निधन भएको भन्दै अभियान्ताहरुले गुनासो गरेका छन् ।

भारतीय सीमामा रहेको सुस्ताको भूमि जोगाउन उनले २४ वर्षभन्दा बढी भारतिय सुरक्षाकर्मीको ज्यादती सहेका थिए ।

रकम अभावकै कारण गुरुङको ज्यान गएको स्थानीयको भनाइ छ ।

उनी २०५७ सालमा भारतमा जेलसमेत परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी