स्याङजामा हेलिकप्टर पाईलटमाथि आक्रमण गर्ने ६ जना पक्राउ

स्याङजामा हेलिकप्टर पाईलटमाथि आक्रमण गर्ने ६ जना पक्राउ

  • मङ्लबार, माघ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

माघ १० पोखरा । स्याङजामा हेलिकप्टर पाईलटमाथि आक्रमण गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । उनीहरुलाई अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वालिङ नगरपालिका(९ का यमबहादुर गुरुङ र सोही नगरपालिका(८ का सुरेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरीले हेलिकोप्टर चार्टर्ड गर्ने चार जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका–९ का विनोद गैरे, सुशील गिरी, उज्वल थापा र खिमबहादुर राना रहेका छन्।

स्याङ्जा प्रहरीले पाइलट रानेश डंगोलमाथि कुटपिट गर्नेहरूलाई सोमबार बेलुका पक्राउ गरेको हो।

गत बिहीबार उनीहरूले पोखराबाट प्रभुको हेलिकोप्टर चार्टर्ड गरी वालिङ लगेका थिए। वालिङ फुटबल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेकै अवस्थामा हेलिकोप्टर अवतरण गराएपछि पाइलटमाथि कुटपिट भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ