लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

  • मङ्लबार, माघ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

माघ १० गते । झापाका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ, बुद्धशान्ति गाउँपालिका-३ का २४ बर्षीय अजय तामाङ, १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजवंशी रहेका छन् ।

घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार साँझ घरबाट नै पक्राउ गरेको हो । खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोवायल समेत बरामद गरेको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले बुधवारेबाट चारआली तर्फ जाँदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा अटोमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध ब्राउनसुगर ५ ग्राम ११० मिलिग्राम सहित तामाङ, राई र राजवंशीलाई बुधवारेबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ