१० माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डिनको कार्यलयमा ताला लगाउन खाज्ने विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए ।
त्यही क्रममा झडप भएको हो । प्रहरीले आन्दोलित विद्यार्थीमाथि लाठी चार्ज गर्नुका साथै केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग राखेका छन् ।
हेस्टेलमै आएर विद्यार्थीलाई प्रशासनले धम्क्याउने गरेको र थेक्नै नसक्ने गरी विद्यार्थी राखेको विद्यार्थीको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline