माघ ९ काठमाण्डौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै स्थानीयवासीले जनकपुरमा प्रदर्शन गरेका छन् ।
गृह प्रशासनको लापरवाहीका कारण दुई युवाको भारतमा हत्या भएको भन्दै उनीहरुले गृहमन्त्रीले राजीनामा दिनु पर्ने बताए ।
परिवारजनले बेलैमा खबर गरेको भए पनि प्रशासनले लापरवाही गर्दा ज्यान गएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
जनकपुरधामका युवकद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग स्थानीयले माग गरेका छन्।
माघ ९ काठमाण्डौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै स्थानीयवासीले जनकपुरमा प्रदर्शन गरेका छन् ।
गृह प्रशासनको लापरवाहीका कारण दुई युवाको भारतमा हत्या भएको भन्दै उनीहरुले गृहमन्त्रीले राजीनामा दिनु पर्ने बताए ।
परिवारजनले बेलैमा खबर गरेको भए पनि प्रशासनले लापरवाही गर्दा ज्यान गएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
जनकपुरधामका युवकद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग स्थानीयले माग गरेका छन् ।
धोवी र कुर्मीको न्यायका लागि प्रदर्शनमा उत्रिएका रुबी खान सहितका आन्दोलनकारी पक्राउ
माघ ९ , काठमाडौँ । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै प्रदर्शनमा उत्रिएका रूवि खानसहितका प्रदर्शनकारीलाई पक्र्राउ गरिएको छ ।
नागरिक समाजका सदस्यसहित बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका खानसहित आधा दर्जन प्रदर्शनकारी पक्राउ परेका हुन्।
पीडितको न्यायका लागि भन्दै उनीहरु लामो समयदेखि आन्दोलित छन्। निर्मला कुर्मीलाई न्यायका लागि भन्दै रुबी खान लगायतको टोली फेरि आन्दोलित भएको छ।
बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएको उनीहरुको आरोप छ। तर स्थानीय प्रहरी प्रशासनले मुद्दा नचलाएपछि उनीहरु आन्दोलित बनेका हुन् ।