दुई नेपाली युवालाई अपहरण गरी भारतमा हत्या गरेको आशंकामा ९ जना पक्राउ

दुई नेपाली युवालाई अपहरण गरी भारतमा हत्या गरेको आशंकामा ९ जना पक्राउ

  • सोमवार, माघ ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

माघ ९ काठमाण्डौँ । नेपालका दुई युवालाई अपहरण गरी भारतमा हत्या गरेको अभियोगमा दुबै देशका ९ जना संदिग्ध पक्राउ परेका छन् ।

नेपालमा ४ जना र भारतमा ५ जनालाई पक्राउ गरिएको हो।

जनकपुर उपमहानगरपालिका ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपछि हत्या भएको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धान पछि मात्रै आरोपीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

दुई नेपाली २७ गते भारतमा अपहरणमा परेका थिए। अपहरणपछि फिरौती माग गरे पनि अपहरणकारीले उनीहरुको हत्या गरेका थिए। २८ गते प्रहरीमा जाहेरी परेपछि प्रहरीले अपहरअणकारीको खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ