माघ ८ काठमाण्डौँ । भारतमा अपहरणमा परेर वेपत्ता भएका जनकपुरधामका दुई युवकको शव फेला परेको छ। १३ दिनदेखि सम्पर्कविहीन जनकपुरधाम उपमहानगरपालिका( ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव भेटिएको हो।
उनीहरु भारतको सितामणीमा आफन्तको घरमा गएका थिए । सोही बेला उनीहरुको अपहरण गरी हत्या भएको देखिएको छ ।
ती दुबै शब शनाखत गरी नेपाल ल्याउने तयारी भएको छ ।
आफन्तको घर भारत पुगेका दुवै जना सम्पर्कविहीन भएको केही दिनपछि उनीहरुको परिवारलाई फिरौतीका लागि भारतीय नम्बरबाट फोन आइरहेको थियो। सुरुमा ५० लाख मागेका अपहरणकारीहरुले पछि २० लाख मागेका थिए।
विष्णुको पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा आउन भनेका थिए।
तर उनीहरुनै सम्पर्क बिहीन भए पछि हत्या गरेर भागेको अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline