माघ ७ काठमाण्डौँ । भ्रष्टाचार बिरोधी अभियान चलाएर सामाजिक सञ्जालमा चर्चा कमाएर अन्ततः राप्रपाबाट प्रतिनिधि सभामा निर्वाचित भएका सांसद ज्ञानेन्द्र शाहीले संसदमा बोल्दै भ्रष्टाचार काण्डमा मुछिएकाहरुलाई सर्वस्व हरण गरी जेल हाल्न सदनमा माग गरेका छन् ।
तर उनै शाहीले राप्रपाका उपाध्यक्ष एवं कालिका कन्सट्रक्सनका मालिक विक्रम पाण्डेलाई स्वार्थ बाझिने मन्त्रालयको मन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।
पाण्डे सिक्टा सिंचाई आयोजनामा २ अर्ब बढी भ्रष्टाचारमा मुछिएका निर्माण व्यवशायी हुन् ।
उनले भ्रष्टहरुको फाईल अख्तियारमा धुलो लागेर बसेको टिप्पणी पनि गरे ।
त्यसो त भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्ने अभिव्यक्ति दिने राजेन्द्र लिंग्देनमाथि पनि पाण्डेलाई मन्त्री बनाएकोमा पार्टी भित्र र बाहिर आलोचना भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline