सभामुखमा म निर्वाचित हुन्छु : न्यौपाने

सभामुखमा म निर्वाचित हुन्छु : न्यौपाने

  • बुधबार, माघ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

माघ ४ काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गरेकी छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि उनले निर्वाचनमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताइन् ।

उनले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रहेर सांसद र संसद्‌प्रति न्याय गर्ने बताइन् ।

उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहेका छन् ।

न्यौपानेलाई नेकपा (एकीकृत समाजवादी) , उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ