माघ ३ काठमाण्डौँ । नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने बताएकी छन्।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शपथग्रहणपछि पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्।
मान्छेपिच्छे हाम्रो परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन। यति धेरै विज्ञहरु यहाँ हुनुहुन्छ , भइरहेका नीतिमा ग्याप छन् भने मिलाउँछौँ। हामी अन्तराष्ट्रिय क्षेत्रमा जसरी प्रस्तुत हुन्छौँ हाम्रो इमेज त्यही हो।
उनले सीमा विवादबारे अहिले बोल्नु हतार हुने बताए । अहिले नै मैले यही गर्छु भन्न सक्दिनँ उनले भनिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline