पोखरा दुर्घटनाः ६९ जनाको मृत्यु पुष्टि, रात परेपछि बिहानसम्मलाई उद्धार स्थगित

पोखरा दुर्घटनाः ६९ जनाको मृत्यु पुष्टि, रात परेपछि बिहानसम्मलाई उद्धार स्थगित

  • आइतवार, माघ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, १ माघ । पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ।

यती एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा सवार ६९ जनाको मृत्यु भएको पुष्टि गरेको हो।

तीन जनाको उद्धार जारी रहेको एयरलाइन्सले जनाएको छ। यसैबीच नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै सोमबार बिहान सम्मका लागि उद्धार कार्य स्थगित गरेको छ। दिनभर करिब दुई सय जनाको संख्यामा परिचालित फौजले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीसँगको सहकार्यमा खोजी गरेको थियो। अहिले रातको समय भएको जनाउँदै सेनाले उद्धारको काम भोलि बिहानैदेखि गर्ने जनाएको छ।

बिहान १० बजे ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको विमान अन्तिम पटक १० बजेर ५० मिनेटमा सेती खोंचबाट टावरको सम्पर्कमा आएको थियो।

त्यसपछि विमान सेती खोंचमा दुर्घटनामा परेको थियो। विमानमा चार चालक दलका सदस्यसहित ६८ यात्रु थिए। विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु सवार थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले

 दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले थप जानकारी चाहिएमा काठमाडौं विमानस्थल कार्यालयको ०१-४११३१६३ र यती एयरलाइन्सका पेम्बा शेर्पाको ९८०१००७५३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

काठमाडौंबाट बिहान १०:३२ बजे पोखराका लागि उडेको यती एयरको NTY 691, 9N-ANC विमान १०:५० दुर्घटना भएको थियो ।

पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा हराएकाहरूको सोमबार बिहानबाट खोजी कार्य हुने भएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रातको समयमा उद्धार गर्न कठिन हुने भएकाले भोलि बिहानैदेखि खोजी कार्य सुरु गर्ने गरी फौज घटनास्थलमै रहेको छ।

विमान दुर्घटना भएको खबर पाएपछि नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको थियो। उद्धारमा करिब २ सय सेनाका फौज खटिएका थिए।

जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरिएको सेनाले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ