पोखरामा यति एयरको जहाज दुर्घटनाः प्रधानमन्त्री उद्धारको अवलोकन गर्न अन्तराष्ट्रिय विमानस्थलको कन्ट्रोल रुम पुगे

पोखरामा यति एयरको जहाज दुर्घटनाः प्रधानमन्त्री उद्धारको अवलोकन गर्न अन्तराष्ट्रिय विमानस्थलको कन्ट्रोल रुम पुगे

  • आइतवार, माघ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

माघ १ काठमाण्डौँ । आज बिहान पोखरामा यति एयरलाईन्सको एटीआर विमान दुर्घटनामा परी दर्जनौ यात्रीको मृत्यु भएको छ । अहिले उद्धार कार्य जारी रहेकाले मृतकको संख्या एकीन भई नसके पनि हाल सम्म ३२ वटा शब फेला पारिएको छ ।

जहाजमा चालक दलका सदस्य सहित ६८ यात्रु सवार रहेका थिए ।

यसैबीच, पोखरा सेती खोँचमा भईरहेको उद्धार कार्यको निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कन्ट्रोल रुममा पुगेका छन् । त्याहाँ बसेर उनले उद्धार कार्यको लाईभ निरीक्षण गरीरहेका छन् ।

उक्त दुर्घटनाप्रति दुखः व्यक्त गर्दै प्रधानमन्त्रीले सबै सुरक्षा निकायलाई तीव्र गतिमा उद्धार र राहतको काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले आकस्मिक मन्त्रीपरिषद्को बैठक समेत बोलाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ