काठमाडौं माघ १ । काठमाण्डौँबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।
दुर्घटनामा अहिले सम्म ३० जनाको मृत्यु भएको पुष्टी भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
विमानमा चालक दलका सदस्य सहित ६८ यात्रु सवार थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेका छन् ।
दुर्घटनामा मानवीय क्षतिको एकीन विवरण आईसकेको छैन ।
बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार थिए । ६८ यात्रुमध्ये ३÷३ जना शिशु तथा बालबालिका समेत रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline