योग विज्ञान हो, नेपालको गौरव पनि हो : प्रधानमन्त्री प्रचण्ड

योग विज्ञान हो, नेपालको गौरव पनि हो : प्रधानमन्त्री प्रचण्ड

  • आइतवार, माघ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, १ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र ध्यान विज्ञान भएको र यो नेपालको गौरव पनि भएको बताएका छन् । आइतबार बिहान राष्ट्रिय योग दिवस २०७९ दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा योग समेत गर्दै प्रचण्डले उक्त कुरा बताए ।

‘‘योग र ध्यान पूर्वीय दर्शन र सभ्यताको आधारशिला मानिन्छ । नेपाल त्यसको धरोहर हो भन्न पाउँदा हामीलाई गौरवको अनुभूति हुन्छ। हाम्रा सांस्कृतिक धरोहरमा पनि योगमा आधारित विशेषता पाइन्छन्। नेपालमा योग र ध्यानको परम्परा धेरै पूरानो छ। योग र ध्यान विज्ञानमा आधारित छ। त्यसबाट पनि यसको महत्व थप प्रष्ट हुन्छ।’’ प्रधानमन्त्रीले भने ।

२०७२ सालदेखि नेपालमा राष्ट्रिय योग दिवस मनाईदै आएको छ ।

प्रधानमन्त्रीले भने , ‘‘नियमित योगअभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन्छ।’’

नेपाल योगको भूमि हो र यो योग धरोहर हो। नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘तनावमुक्त शान्त मन, रोग मुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्वपूणर् भूमिका रहन्छ। मैले संसारका विकसित भनिएका मुलूकहरू समेत भौतिक रूपमा सम्पन्न भए पनि मनोवैज्ञानिक रूपमा तनावमा भएको देखेको छु। त्यसैले हामीलाई भौतिक सम्पन्नताले मात्र पुग्दैन, मानसिक र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन पनि योग र ध्यान अति आवश्यक छ।’’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ