वर्षमान पुनलाई फेरी बल्झियो जण्डिस, सुमेरु अस्पतालमा भर्ना

वर्षमान पुनलाई फेरी बल्झियो जण्डिस, सुमेरु अस्पतालमा भर्ना

  • शनिबार, पुस ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

पुष २९ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनलाई पुनः जण्डिस बल्झिएको छ । उनी रोल्पा पुगेका बेला त्यही बिरामी भएपछि हेलिकप्टर मार्फत उद्धार गरी ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।

लामो समयदेखि जण्डिस पीडित रहेका पुन केही समय अघि मात्रै चीनमा उपचार गराएर फर्किएका थिए ।

पुन निर्वाचनपछि पहिलोपटक रोल्पाको रुन्टीगढी गाउँपालिकामा न्यानो कपडा वितरणका लागि बिहीबार सडक मार्गबाट त्यहाँ गएका थिए ।

 

पूर्वमन्त्री वर्षमान पुन पछिल्लो समय चीनमा उपचार गराएर पुस ५ गते मंगलबार स्वदेश फर्किएका थिए । वंशाणुगत जन्डिसपीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।

उनी लामो समयदेखि जण्डिसको समस्याबाट पीडित रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ